६ आश्विन २०८१, आइतबार

दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

प्रकाशित मिति :  29 April, 2021 4:48 pm


कास्की । राजिव गुरूङ (दीपक मनाङे) गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

गण्डकी प्रदेशमा सरकार विरुद्वको अविश्वासको प्रस्ताव दर्ता भइरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनले मनाङबाट स्वतन्त्र रुपमा प्रदेश सांसदको चुनाव जितेका थिए ।

हिजो गण्डकी प्रदेश सभाको बैठकमा पनि मनाङे सहभागि भएका थिएनन् । राष्टिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेश सभा बैठकमै उपस्थित नहुँदा सरकार विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुन पाएन ।

आफ्ना सांसद शाही सम्पर्कविहीन भएको र अवस्था पत्ता नलागेसम्म सदन सञ्चालन नगर्न जनमोर्चाले माग गरेपछि अनश्चितकालका लागि बैठक स्थगित छ ।

शाही भने अस्पतालमा भर्ना भएको खुलेको थियो । उनले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय मान्ने बताइसकेका छन् । सत्ताको चलखेल भइरहेकै बेला मनाङे मन्त्री नियुक्त भएका हुन् ।

मनाङेलाई मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका हुन् । मुलुक संघीय संरचनामा गएपछि प्रादेशिक मन्त्रालय फुटाउने गण्डकी प्रदेश पहिलो बनेको छ ।



प्रतिक्रिया दिनुहोस !