६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ सांसदलाई जसपाले कारबाही गर्‍यो,सबै पदमुक्त

प्रकाशित मिति :  29 April, 2021 6:38 pm


रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागि भएका सांसदलाई जनता समाजवादी पार्टीले निष्काशन गरेको छ ।

जसपाले कारबाही गरेपछि ४ जना सांसदको पद रिक्त भएको जानकारी प्रदेश सभा सचिवालयले गराएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सूचना निकालेर सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले कारबाही गरे अनुसार जानकारी गराएका छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेपछि जसपाका सांसद तनातानमा परेका थिए । जसपाका सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपनि पछि मन्त्री बनेका थिए ।

जसपाले अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो । तर जसपाका ४ सांसद मन्त्री भएपछि अन्योलत देखिएको थियो । तर जसपाको केन्द्रीय कार्यकारिणी समितिले कारबाही गरेपछि लुम्बिनी प्रदेशका ४ जना सांसदको पद रिक्त भएको छ भने मन्त्री पदबाट मुक्त समेत भएका छन् ।



प्रतिक्रिया दिनुहोस !