कोरोना खोप धनी देशको कब्जामा, गरिब देशलाई जम्मा ०.३ प्रतिशत मात्रै उपलब्ध
काठमाडौं । कोरोना नियन्त्रणका लागि एकमात्रै तरिका देखिएको खोप ।
जति धेरै व्यक्तिलाई खोप लगाउन सक्यो कोरोना नियन्त्रण त्यति छिटो हुने छ । तर विश्वभर महामारी चलिरहेका बेला धनी देशले खोप कब्जा गरेका छन् ।
गरिब देशका लागि निकै कम मात्रै खोप उपलब्ध गएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले खोपको पहुँचको विषयलाई लिएर चिन्ता जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अहिले धनीदेशसँग उपलब्ध भएको खोपमध्य ८२ प्रतिशत रहेको छ ।
गब्रेससले विश्वभर अहिले १ अर्ब खोपको डोज रहेको बताएका छन जसमा ८२ प्रतिशत धनी मुलुक र मध्य आय भएका देशसँग रहेको छ । उनले गरिब मुलुकसँग अहिले ०.३ प्रतिशत खोप मात्रै उपलब्ध रहेको बताएका छन् ।
विश्वव्यापी खोप संकट पुँजीवादको परीक्षण
संगठन प्रमुख गब्रेससले भने,“ सो सत्य हो कि महामारीका बीच खोप सबैमा पुराउन ठूलो चुनौती हो यसको कारण हो राजनीतिक,आर्थिक तथा सामाजिक स्थिरताको जग ।”
अहिलेसम्म विश्वभर कोरोनाबाट १५ करोड भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३१ लाखले ज्यान गुमाइसकेका छन् ।