६ आश्विन २०८१, आइतबार

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

प्रकाशित मिति :  29 April, 2021 8:25 pm


जुनिसकुमार विष्ट-

रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे तीन बजेतिर परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका-७ जेलबाङका  ३ कक्षामा अध्ययनरत ९ वर्षीय बालक  अभिषेक पुनमगरको मृत्यु भएको हो । पुनमगरको घटनास्थलमै मृत्युभएको थियो ।

गाउँपालिकाको कार्यालय पोबाङबाट पोषणभत्ता लिएर अभिभावकसहित पुन घरफर्किरहेका बेला चट्याङले हानेको थियो । चट्याङ लागेर अरु पनि घाइते भएका छन् ।

घाइतेभएकाहरुको अवस्था अहिले सामान्य रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !