६ आश्विन २०८१, आइतबार

चितवनमा वैशाख ३१ गतेसम्मका लागि निधेषाज्ञा लागु, सूचनामा थप हेरफेर

प्रकाशित मिति :  30 April, 2021 9:24 am


काठमाडौं । चितवनमा निधेषाज्ञा सुरु भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १२ बजेदेखि वैशाख ३१ सम्मका लागि निषेधाज्ञा लागु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले थप सूचना जारी गर्दै तरकारी,फलफुल,खाद्यान्न,माछा,मासु,अण्डा,पानी र निर्माण सामाग्री बिक्री वितरण गर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालनको व्यवस्था गरेको छ ।

उद्योग कलकारखानामा काम गर्ने कर्मचारी तथा कामदार लगायत सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने सुनिश्चितता गरी कर्मचारी तथा कामदरका लागि उद्योग परिसरभित्रै आवासको व्यवस्था गर्नुर्ने र सो सम्भव नभए उद्योगले घर लैजाने ल्याउने व्यवस्था गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा थप व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरिएको सूचनापनि कार्यान्वयन हुने जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !