६ आश्विन २०८१, आइतबार

विप्लव नेतृत्वको नेकपाका नेता वीरजंग रिहा

प्रकाशित मिति :  30 April, 2021 10:30 am


चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् ।

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु वीरजंग धरौटी बुझाएर आज चितवन कारागारबाट रिहा भएका हुन् । वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी गराएका छन् ।

जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन। वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए। नेता वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले २०७६ असोज ३० गते दाङबाट पक्राउ गरेको थियो ।

नेकपा सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएपछि नेताहरु छुट्नेक्रम जारी छ । हिजो मात्रै केन्द्रीय सदस्य माइला लामा रिहा भएका थिए ।



प्रतिक्रिया दिनुहोस !