६ आश्विन २०८१, आइतबार

दाङमा निषेधाज्ञा,वैशाख २५ गतेसम्म लागु हुने

प्रकाशित मिति :  30 April, 2021 10:48 am


दाङ । दाङमा निषेधाज्ञा सुरु भएको छ । आज बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा वैशाख २५ गते साँझ ६ बजेसम्म लागु हुने छ ।

जिल्ला शंकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा भएको हो । अबस्था हेरेर थप निर्णय गर्न सकिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले विहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु खुल्न दिइने बताएको छ ।

विवाहकालागि एउटा गाडी र पाँचजना मात्रै जन्ती लिएर जान पाइने छ । यसका लागि वडा कार्यालयको सिफारिस आधारमा जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिनुपर्नेछ ।

सरकारी तथा गैरसरकारी कार्यालय, बैंकपनि बन्द गरिएको छ । केन्द्रको बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !