३० कार्तिक २०८१, शुक्रबार

सिईडिबि हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन ?

प्रकाशित मिति :  30 April, 2021 1:37 pm


काठमाडौं।सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

यस कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।

यस कम्पनीको आइपीओमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तोकिएको छ। इच्छुक लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन्। सीइडीबी हाइड्रोपावरले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २ सय ३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ।

सर्वसाधारणलाई छुट्याईएको २३ लाख कित्ता मात्र सेयर भएका कारण यस कम्पनीको आईपीओमा धेरै लगानीकर्ताको हात खाली हुने निश्चित प्राय छ। यसकारण लगानीकर्ताले यस आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ।

 



प्रतिक्रिया दिनुहोस !