६ आश्विन २०८१, आइतबार

रोल्पा नगरपालिकासहितका स्थानीयतहलाई जग्गा प्राप्तिको स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  30 April, 2021 2:04 pm


काठमाडौं । मन्त्रिपरिषद् बैठकले रोल्पा नगरपालिकासहित विभिन्न स्थानीय तहलाई जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेको छ ।

गतहप्ता बसेको संघीय मन्त्रिपरिषद् बैठकले विभिन्न प्रायोजनार्थ जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेको हो ।

बैठकले रोल्पाको रोल्पा नगरपालिका, कास्कीको मादी गाउँपालिका र रौतहटको परोहा नगरपालिकालाई प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिको स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिकालाई स्वास्थ्य चौकी भवन निर्माण गर्न,संखुवासभाको पाँचखपन नगरपालिकालाई प्रहरी चौकी भवन निर्माण गर्न,रौतहटको परोहा नगरपालिकालाई खोप केन्द्र निर्माण गर्न, कालिका गाउँपालिका,रसुवालाई खेलमैदान निर्माणका गर्न जग्गा प्राप्तीको स्वीकृत दिने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकालाई बसपार्क निर्माणका लागि, खोटाङको जन्तेढुंगा गाउँपालिकालाई प्रशासनकीय भवन जाने बाटो निर्माणका लागि जग्गा प्राप्तिको अनुमति दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !