६ आश्विन २०८१, आइतबार

उपत्यका र लुम्बिनीका ५ सहित २२ जिल्लामा थेग्नै नसकिने संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  30 April, 2021 4:01 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा स्वास्थ्य प्रणालीले धान्नै नसक्ने गरि कारोना संक्रमण फैलिएको भन्दै सचेत हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपालमा उच्च गतिमा कोरोना संक्रमण फेलिएको र २२ जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसकिने गरि कोरोना संक्रमण फैलिएको जनाएको छ ।

सरकारले मोरङ, सुनसरी,झापा,पर्सा,बारा,धनुषा,काठमाडौं,भक्तपुर,ललितपुर,चितवन,मकवानपुर,काभ्रेपलाञ्चोक,कास्की,

दाङ,बाँके,रुपन्देही,पाल्पा,बर्दिया,सुर्खेत,कैलाली,कञ्चनपुरलाई अति प्रभावित भन्दै उक्त जिल्लामा अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

सहप्रवक्ता डा.समिर अधिकारीले जारी गरेको विज्ञप्तिमा संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु नै उत्तम उपाय भएको भन्दै मास्क लगाउन, भौतिक दुरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेका छन् ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगराउन सहप्रवक्ता अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देशको स्वास्थ्य प्राणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको भन्दै प्रवक्ता अधिकारीले संवेदनशील हुन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !