६ आश्विन २०८१, आइतबार

नेपालमा ५,७२८ कोरोना संक्रमित थपिए,काठमाडौं उपत्यकामा मात्रै २९५६

प्रकाशित मिति :  30 April, 2021 4:36 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५,७२८ कोरोना संक्रमति थपिएका छन्।

१५,३९१ जनाको पीसीआर परीक्षण गर्दा ५,६७५ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै  २९५६ जना संक्रमित थपिएका छन् ।  काठमाडौं जिल्लामा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण आज थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आजै ९२८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।



प्रतिक्रिया दिनुहोस !