६ आश्विन २०८१, आइतबार

१५ वर्षअघि बेपत्ता भएको एयर डायनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

प्रकाशित मिति :  30 April, 2021 4:58 pm


काठमाडौं ।  १५ वर्षअघि बेपत्ता भएको एयर डायनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सन् २००६ मा बेपत्ता हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको नेपाली सेनाले जनाएको छ ।

सेनाको टोलीले हिजो धौलागिरी बेस क्याम्पनजिकै दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

हिमाल सफाइ अभियानमा रहेको नेपाली सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !