६ आश्विन २०८१, आइतबार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  30 April, 2021 5:38 pm


काठमाडौं । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५७२८ जना कोरोना संक्रमित थपिदा रुपन्देहीमा मात्रै ४७३ जना संक्रमित थपिएका हुन् । रुपन्देही लुम्बिनी प्रदेशको अतिप्रभावित जिल्लामा पर्छ ।

आज स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुपन्देहीपनि अति प्रभावित जिल्लाको सूचीमा राख्दै थेग्नै नसक्ने गरि कोरोना संक्रमण बढीरहेको जनाएको थियो ।

लुम्बिनीका तीन जिल्ला बाँके र दाङसहित रुपन्देहीपनि ५ सयभन्दा बढी संक्रमित जिल्लाभित्र पर्छ । रुपन्देहीमा आजदेखि निधेषाज्ञा समेत लागु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !