रोल्पाको गंगादेव गाउँपालिकामा ४२ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित सबै जनप्रतिनिधि र कर्मचारी
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि गरि ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वाब परीक्षणका क्रममा आज ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।
उनले भने,“स्वाब संकलन गरिएका हाम्रो गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाका सबैको कोरोना संक्रमण देखिएको छ । म बाहिर गएकाले परीक्षण गराउन पाएको थिएन । गाउँपालिकामा कोरोना संक्रमण नभएको एक्लो कर्मचारी ममात्रै भएजस्तो भयो त्यो पनि परीक्षण नगरेकाले हो ।”
गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीपनि स्बाव संकलनका बेला बाहिर भएको उनको भनाई छ ।
गंगादेव गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै कर्मचारी र जनप्रतिनिधिको गएको स्वाब संकलन गरिएको थियो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४३ जनाको स्वाब परीक्षणका गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको बस्नेतले जानकारी दिए ।