६ आश्विन २०८१, आइतबार

पर्वतको मोदी गाउँपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

प्रकाशित मिति :  30 April, 2021 6:27 pm


पर्वत । पर्वतको मोदी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

कोरोना संक्रमण बढिरहेको भन्दै गाउँपालिकाले वैशाख १९ गतेदेखि २४ गतेसम्म गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण वडालगायत गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जारी गरेको सूचनामा गाउँपालिकाभित्र रहेको सबै विद्यालय तथा शैक्षिक संस्थाहरूको शैक्षिक क्रियाकलापहरू अर्को सूचना प्रकाशन नभएसम्म वैकल्पिक माध्यामबाट मात्र सञ्चालन गराउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !