६ आश्विन २०८१, आइतबार

भारतसँग सीमा जोडिएका नाका बन्द गर्न सिफारिस

प्रकाशित मिति :  30 April, 2021 8:38 pm


काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले भारतसँग सीमा जोडिएका नाका बन्द गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दै गएकाले भएकाले भारतीय सीमा नाका बन्द गर्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।

नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय केन्द्रले सिफारिस गरेको हो ।  बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने सिफारिस गरिएको छ ।

केन्द्रको सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !