५ आश्विन २०८१, शनिबार

भारतमा कोरोना संक्रमित हुनेको संख्या एकै दिन ४ लाख भन्दा बढी

प्रकाशित मिति :  1 May, 2021 7:27 am


काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या एकै दिन ४ लाख पार गरेको छ ।

पछिल्लो २४ घण्टामा ४,०८,३२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ३,४६४ जनको मृत्यु भएको छ । यो संख्यासहित भारत विश्वको पहिलो देश बनेको छ जहाँ एकदिन ४ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा सबैभन्दा प्रभावति महाराष्ट्र प्रान्त छ जहाँ एकैदिन ६२,९१९ जना संक्रमित छन् भने कर्नाटकमा ४८,२९६ तथा केरलामा ३७,१९९ जना संक्रमित भएका छन् । भारतले कोरोना परीक्षणलाई तिब्र रुपमा अगाडि बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !