६ आश्विन २०८१, आइतबार

विप्लव नेतृत्व नेकपाका पूर्व पोलिटब्युरो सदस्य धमलाले खोले नयाँ पार्टी

प्रकाशित मिति :  1 May, 2021 11:43 am


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य कृष्णप्रसाद धमलाले नयाँ पार्टी खोलेका छन् ।

पछिल्लो समय उनी नेकपाको कुनै भूमिकामा थिएनन् । धमला नेतृत्वको पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । धमलाले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टी ५१ सदस्यीय कमिटीको छ ।

विज्ञप्तिमा भनिएको छ,“समाजवादी क्रान्ति सम्पन्न गर्न श्री कृष्णप्रसाद धमला (कमरेड गम्भीर)को नेतृत्वमा हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व सहित ५१ (एकाउन्न) सदस्यीय जन–समाजवादी मञ्च, नेपालको आज मिति २०७८ बैशाख १८ गते तदनुसार सन २०२१ मइ ०१ का दिन स्थापना गरिएको सगर्व घोषणा गर्दछौं ।”

बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धमलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तिनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।”

नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको दाबी गरिएको छ ।

यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिषम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोसमेत धमलाले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !