६ आश्विन २०८१, आइतबार

रुपन्देहीमा एकजना कोरोना संक्रमितद्वारा कोरोना अस्पतालमै आत्महत्या

प्रकाशित मिति :  1 May, 2021 2:35 pm


रुपन्देही । रुपन्देहीमा एकजना कोरोना संक्रमितले कोरोना अस्पतालमै आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका एक पुरुषले शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका सैनामैना रानीबगीयाका ४० वर्षीय पुरुषले आज विहान शौचालयमा आत्महत्या गरेको अस्पतालका स्वास्थ्यकर्मी दिपक पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !