६ आश्विन २०८१, आइतबार

सरकारले कोरोनाको त्रास फैलाएको नेता पुनको आरोप,सर्वदलीय संयन्त्र बनाउन माग

प्रकाशित मिति :  1 May, 2021 3:10 pm


काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि त्रास फैलाउने काम गरेको गरेको टिप्पणी गरेका छन् ।

कोरोना न्यूनिकरणमा सरकारले गम्भिर लापरबाही गरिरहेको आरोप लगाउँदै नेता पुनले भने,“सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार हो । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्‍याउनुपनुपर्छ ।”

शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा भएको र यसरी सरकार, राज्य केहीपनि चल्न नसक्ने उनको टिप्पणी थियो ।

नेता पुनले यो कुरालाई तुरुन्त सच्याउनुपर्ने र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्योपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्ध स्तरमा काम थाल्नुपर्ने सुझाव दिए ।

सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरेको आरोप लगाउँदै नेता पुनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।

स्वास्थ्य मन्त्रालयले हिजो कोरोना संक्रमण डरलाग्दो गरी फैलिएको र बेड उपलब्ध गराउन नसक्ने भन्दै विज्ञप्ति निकालेको थियो । सरकारको उक्त विज्ञप्तिपछि आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !