६ आश्विन २०८१, आइतबार

काभ्रेमा पनि निषेधाज्ञा

प्रकाशित मिति :  1 May, 2021 3:44 pm


काठमाडौं । काभ्रेमा पनि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जारी गरेको आदेशमा अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । आदेशमा निषेधाज्ञामा लागु हुने क्षेत्र छुट्टाईएको छ ।

आदेश अनुसार सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन ।

बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्न पाइने छैन ।

जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !