६ आश्विन २०८१, आइतबार

नेपालमा ५७६३ कोरोना संक्रमित थपिए,पहिलो लहरको संक्रमण रेकर्ड तोडियो

प्रकाशित मिति :  1 May, 2021 4:52 pm


काठमाडौं । नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यो तथ्याङ्कसँगै कोरोना संक्रमणको पहिलो लहरको रेकर्ड तोडिएको छ । पहिलो लहरमा गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो नै अहिलेसम्मको एकैदिन भेटिका सबैभन्दा धेरै संक्रमितको संख्या थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको संक्रिमतको संख्या ५७६३ रहेको छ । जुन अलिलेसम्म एकैदिन संक्रमित भएको सबैभन्दा धेरै संख्या हो । हिजो मात्रैपनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षण र ५ सय ६६ जनाको एन्टिजेन गरी १४ हजार ९ सय ६९ नमूना परीक्षण भएको थियो।

पिसिआर विधिबाट ५ हजार ७ सय ६ जना र एन्टिजेन विधिबाट ५७ जना गरी ५ हजार ७ सय ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २,४९५ जना संक्रमित थपिएका छन् । जसमध्य भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको  मन्त्रालयको तथ्याङ्क छ ।



प्रतिक्रिया दिनुहोस !