६ आश्विन २०८१, आइतबार

बागमती र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सकृय कोरोना संक्रमित रहेका जिल्ला

प्रकाशित मिति :  1 May, 2021 5:23 pm


काठमाडौं । सकृय कोरोना संक्रमितको संख्या सबैभन्दा बढी रहेका जिल्लामा बागमती र लुम्बिनी रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार सकृय संक्रमित रहेका बढी जिल्ला बागमती र लुम्बिनी देखिएको हो ।

बागमतीमा ५०० भन्दा बढी सकृय संक्रमितको जिल्ला ४ रहेका छन् । काठमाडौं,भक्तपुर,ललितपुर, र चितवनमा ५०० भन्दा बढी संक्रिय संक्रमितहरूले उपचार गराइरहेका छन् ।

त्यस्तै बागमतीकै मकवानपुर,काभ्रेपलाञ्चोक र नुवाकोटमा २ सय भन्दा बढी सकृय संक्रमित संख्या रहेको छ । सरकारले ५ सय भन्दा माथि सकृय संक्रमित रहेको जिल्लालाई अति प्रभावित र २ सयदेखि ५ सयकोबीचमा संक्रमित रहेको जिल्लालाई प्रभावित जिल्लाको सूचीरमा राखेर रणनीति तय गरिरहेको छ ।

बागमतीपछि लुम्बिनीमा धेरै सकृय संक्रमित रहेका जिल्ला रहेका छन् । जसमा दाङ,बाँके, र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सकृय संक्रमितले उपचार गराईरहेका छन् ।

पाल्पा,बर्दिया,कपिलवस्तु र नवलपरासी(पश्चिम)मा २ सय भन्दा माथि सकृय कोरोना संक्रमितको उपचार भइरहेको छ । कर्णाली प्रदेशको सुर्खेतमा ५०० भन्दा बढी सकृय संक्रमित रहेका छन् भने सुदूरपश्चिमको कैलालीमा ५०० भन्दा बढी र कञ्चनपुरमा २०० भन्दा बढी सकृय संक्रमित रहेका छन् ।

त्यस्तै गण्डकीमा कास्कीमा ५ सयभन्दा बढी सकृय कोरोना संक्रमित छन् भने गोरखा, नवलपरासी पूर्व र बागलुङमा २ सयभन्दा बढी सकृय संक्रमित रहेका छन् ।

प्रदेश १ मा मोरङमा ५०० भन्दा बढी सकृय संक्रमितको संख्या छ भने सुनसरी र झापामा २ सयभन्दा बढी सकृय संक्रमितले उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश २ मा पर्सामा ५०० भन्दा बढी सकृय संक्रमित रहेका छन् भने बारा,धनुषा र रौतहटमा २ सयभन्दा बढी सकृय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस !