दाङमा पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमित थपिए
प्रकाशित मिति : 1 May, 2021 5:37 pm
काठमाडौं । दाङमा पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार दाङमा २५१ जना संक्रमित थपिएका हुन् । दाङ कोरोना संक्रमितको अतिप्रभावित जिल्लामा पर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण थेग्नै नसकिने गरि बढिरहेको भनिएको जिल्लामा दाङपनि थियो । अहिले उक्त जिल्ला ५ सयभन्दा बढी सकृय संक्रमितको उपचार भइरहेको छ ।
संक्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा समेत लागु गरिएको छ ।