६ आश्विन २०८१, आइतबार

चितवनमा बढ्दै सक्रिय कारोना संक्रमितको संख्या,एकैदिन थपिए १६०जना

प्रकाशित मिति :  1 May, 2021 7:23 pm


काठमाडौं । चितवनमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १२१ जना, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा १६, माडीमा १ जना, राप्तीमा ४ जना, कालिकामा २ जना र इच्छाकामनामा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ९८८ पुगेको छ । सरकारले चितवनलाई अति प्रभावित जिल्लाको रुपमा राखेको छ । चितवनमा अस्पतालको आइसोलेसनमा ७५ जना र घरमा ९१३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !