रोल्पाको रुन्टीगढी गाउँपालिकामा अक्सिजनसहित १० बेडको आइसोलेसन सञ्चालनमा
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा अक्सिजनसहित १० बेडको आइसोलेसन सञ्चालनमा आएको छ ।
रुन्टीगढी गाउँकार्यपालिकाको निर्णय अनुसार होलेरी प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा १० वेडको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।
रुन्टीगढी गाउँपालिकामा अहिलेसम्म ९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । संक्रमणको जोखिम कायमै रहेकाले गाउँपालिकाका भित्र र बाहिरबाट आएका संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टरको स्थापना गरिएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिएका छन् ।
रुन्टीगढीमा ५ बेडको कोभिड अस्पतालपनि सञ्चालन भइरहेको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा अन्सिजनसहितको आइसोलेसनको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा अध्यक्ष बुढाले कोरोना महामारीको यो समयमा मनैदेखि नागरिकको सेवा गर्न सबै कर्मचारीहरुलाई आग्रह गरे ।