६ आश्विन २०८१, आइतबार

दाङमा भारतीय कारभित्र मृत भेटिएका बालकको पहिचान खुल्यो,गाडी मालिक र चालक पक्राउ

प्रकाशित मिति :  2 May, 2021 7:40 am


दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको भारतीय कारमा फला परेका ३ जना बालकको शवको पहिचान भएको छ।

हिजो बेलुकी साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको आरजे ०१६६०८८५ नम्बरको निशान कारभित्र तीन वटा शव फेला परेको थियो। उक्त शवको प्रहरी राति अबेर पहिचान गरेको हो ।

कार २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ।

भेटिएको शव स्थानीय भिम बहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनीहरु वैशाख १६ गतेदेखि घरबाट बेपत्ता थिए ।

तीनै जना बालकको शवलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

उक्त कार तीनमहिना देखि पार्किङ गरेर राखिएको स्थानीयवासीले बताएका छन् । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको सिंहले बताए ।

 



प्रतिक्रिया दिनुहोस !