६ आश्विन २०८१, आइतबार

अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा,प्रदेश प्रमुखद्वारा स्वीकृत

प्रकाशित मिति :  2 May, 2021 9:56 am


रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

विशेष अधिवेशन सुरु हुनु अघिनै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन् ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै छ ।

अधिवेशनको पहिलो दिन आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्व प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची तय भएको थियो ।

तर, मुख्यमन्त्री पोखरेलले पहिले नै राजीनामा दिएका छन् । वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको पोखरेल निकट स्रोतको भनाई छ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरूले समावेदन गरेका थिए ।

प्रदेश सभा ८७ सदस्य रहेकोमा जसपाले चार जना र माओवादी केन्द्रले दुई जना आफ्ना सांसदलाई कारबाही गरेपछि ८१ सदस्य भएको छ ।



प्रतिक्रिया दिनुहोस !