६ आश्विन २०८१, आइतबार

शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा सरकार बनाउने एमालेको निर्णय

प्रकाशित मिति :  2 May, 2021 11:40 am


रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नै बहुमतको सरकार बनाउने निर्णय गरेको छ।

आज बिहान बसेको प्रदेश संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । पोखरेलले आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

बैठकमा माधव नेपाल पक्षका सांसदपनि सहभागि भएका छन् । प्रदेश सभामा आज अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !