महिला लघुवित्तको खुद नाफामा उछाल, तेस्रो त्रैमाससम्ममा ११२ प्रतिशतले बढ्यो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमाससम्म खुद नाफामा उछाल आएको छ । गत माघ महिना आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ११२ प्रतिशतले बढको छ ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार महिला लघुवित्तले समीक्षा अवधिमा ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ११२.५५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत वर्ष यही अवधिमा ३ करोड १७ लाख रुपैयाँ संंस्थाको सञ्चालन मुनाफा कमाएको थियो भने सोही अवधिमा यो वर्ष १४९.९० प्रतिशतले बढेर ७ करोड ९२ लाख रुपैयाँ भएको छ ।
गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीका यस वर्ष भने ६१.५५ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
चुक्तापुँजी १० करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ११२.५५ प्रतिशतले बढेर ८५.६६ रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधीमा ईपीएस ४०.३० रुपैयाँ रहेको थियो। त्यस्तै पीई रेसियो १२.८३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९१.८४ रुपैयाँ रहेको छ।