६ आश्विन २०८१, आइतबार

लुम्बिनीमा सत्ता चलखेल थप रोचक,सांसद खत्री माओवादी केन्द्रमा प्रवेशपछि एमालेलाई संकट

प्रकाशित मिति :  2 May, 2021 1:56 pm


रुपन्देही । नेकपाबाट चुनाब लडेकी विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएर फेरि सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेलगत्तै बिमला माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् । यससँगै नेकपा एमालेको बहुमत गुमेको छ ।

प्रदेश सभा सचिवालयले दल परिवर्तन गरेको पत्र प्राप्त भएको र पत्र दर्ता भएको जनाएको छ । ओलीले उपनिर्वाचनमा दाङ ३(२) बाट चुनाब जितेकी थिईन् । उनका पति उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि बिमलाले उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएपछि उनी कता खुल्नेभन्ने प्रष्ट नभएपनि एमालेले आफ्नै सांसदको रुपमा हिसाब गरेको थियो ।

प्रदेश सभा ८७ सदस्य रहेकोमा जसपाले चार जना र माओवादी केन्द्रले दुई जना आफ्ना सांसदलाई कारबाही गरेपछि ८१ सदस्य भएको थियो ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१)  अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।

खत्रीसहित एमालेसँग ४१ सांसद थिए । एमालेको अब ४० सांसदमात्रै भएका छन् ।

कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । खत्रीले दल परिवर्तन गरेकी गर्नेवित्तिकै लुम्बिनीमा सत्ताको चलखेल रोचक बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस !