६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले गर्‍यो सरकार नेतृत्वको दाबी

प्रकाशित मिति :  2 May, 2021 2:12 pm


फाइल फोटो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्रले दाबी गरेको छ ।

माओवादी केन्द्रले कांग्रेस, जनता समाजवादी पार्टीको समर्थनसहित सरकारका नेतृत्व दाबी गरेको हो । मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

आजैमात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोख्रेलले पनि आफूसँग बहुमत रहेको दाबी गर्दै सरकारको नेतृत्वको दाबी गरेका    छन् । माओवादी केन्द्रका सांसद दिपेन्द्रकुमार पुनले आफूहरुसँग बहुमत जुटाएकाले सरकारको नेतृत्वको दाबी गरेको बताए ।


लुम्बिनीमा सत्ता चलखेल थप रोचक,सांसद खत्री माओवादी केन्द्रमा प्रवेशपछि एमालेलाई संकट


उनले लुम्बिनी सञ्चारसँग भने, “शंकर पोखरेल ज्यूले पुरानै हस्ताक्षर लगेर मुख्यमन्त्रीको रुपमा आफ्नो दाबी पेश गर्नुभएको छ तर अब हाम्रो बहुमत छ । हामीसँग ४० जनाको हस्ताक्षर रहेको छ । प्रदेश प्रमुखसँग दाबी गरिसकेका छौं ।”


अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा,प्रदेश प्रमुखद्वारा स्वीकृत

शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा सरकार बनाउने एमालेको निर्णय


 



प्रतिक्रिया दिनुहोस !