६ आश्विन २०८१, आइतबार

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन पनि अन्त्य

प्रकाशित मिति :  2 May, 2021 2:41 pm


रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै आजका लागि विशेष अधिवेशन आव्हान गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले आज बिहान अचानक राजीनामा दिएपछि राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा मुख्यमन्त्री पोखरेल विरुद्व पेश भएको अविश्वासको प्रस्तावमा छलफल र मतदान गर्ने कार्यसूची तय भएको थियो ।

तर, उनले राजीनामा लिएपछि अधिवेशनको औचित्य समाप्त भएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सभा सचिवालयले प्रदेश सभा अन्त्य भएको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !