६ आश्विन २०८१, आइतबार

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुईजना सङ्क्रमितको मृत्यु

प्रकाशित मिति :  2 May, 2021 2:57 pm


दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिएका छन् ।

तुलसीपुरका पुरुष हिजोदेखि अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत रहेका पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको वलीले बताए ।



प्रतिक्रिया दिनुहोस !