६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

प्रकाशित मिति :  2 May, 2021 4:28 pm


रुपन्देही ।  शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश सभामा आज अविश्वासको प्रस्तावमाथि छलफलको तयारी भइरहेका बेला पोखरेलले आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएपछि आफूसँग बहुमत रहेको भन्दै प्रदेश प्रमुखसँग एकल बहुमतीय सरकारको नेतृत्वको दाबी गरेका थिए । तर विपक्षीले भने पोखरेलसँग बहुमत नभएको बताएका छन् ।

आफूहरुसँग बहुमत रहेको भन्दै कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलले माओवादी केन्द्रको नेतृत्वमा सरकारको नेतृत्व दाबी गरेका थिए । प्रदेश प्रमुखले भने पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !