६ आश्विन २०८१, आइतबार

नेपालमा ७ हजार २११ जना कोरोना संक्रमित थपिए,काठमाडौं उपत्यकामा मात्रै ३,५९५

प्रकाशित मिति :  2 May, 2021 4:47 pm


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको सबैभन्दा धेरै संख्या हो ।

काठमाडौं उपत्यकामा ३,५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौं जिल्लामा २,७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !