६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा दाबीसहित केसीले बुझाए ४२ जना सांसदको हस्ताक्षर [हस्ताक्षरसहित]

प्रकाशित मिति :  2 May, 2021 5:20 pm


रुपन्देही । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी प्रस्तुत गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर नेता केसीले प्रदेश सभाका ४२ सांसदले गरेको हस्ताक्षरसहित लिखित निवेदन दिएका हुन् ।

केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतले साथ दिएका छन् । केसीले दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा ४२ सांसद रहेको दाबी गरेका छन् ।

केसीले प्रदेश प्रमुख यादवलाई बुझाएको निवेदन र हस्ताक्षर हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !