६ आश्विन २०८१, आइतबार

पर्यटन मन्त्री ढकाललाई कोरोना संक्रमण, संक्रमित मन्त्रीको संख्या ३ पुग्यो

प्रकाशित मिति :  2 May, 2021 5:47 pm


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।

मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आफू र आफ्नी पत्नीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

फेसबुकमा उनले भनेका छन्,”आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड( १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद !”

ढकाल पछिल्लो समय भिडभाडमा सकृत थिए । केही हप्ता अघि चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्न सकृय थिए । मूर्ति स्थापना गर्दा सयौं मानिसहरुको भीडभाड थियो । उक्त कार्यको आलोचना समेत भएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि खानेपानी मन्त्री मणि थापा र उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !