६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने

प्रकाशित मिति :  2 May, 2021 8:32 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज वैशाख २७ गते सोमबार अपरान्ह १ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ‘सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारण १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि’ राष्ट्रपतिबाट बैठक आह्वान गरिएको उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !