६ आश्विन २०८१, आइतबार

शंकर पोखरेलद्वारा लुम्बिनी प्रदेश मुख्यमन्त्री पदको सपथ ग्रहण

प्रकाशित मिति :  2 May, 2021 8:40 pm


रुपन्देही । शंकर पोखरेलले दोस्रो पटक लुम्बिनी प्रदेश मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री पदबाट आजै राजीनामा दिएका पोखरेलले बुहमत पेश गरेको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका विपक्षी दलले भने आफूहरुसँग बहुमत सदस्य रहेको भन्दै ४२ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

माओवादी केन्द्र संसदीय दलका कुलप्रसाद केसीले प्रदेश प्रमुख यादवलाई हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री पदमा दाबी गरेका थिए । विपक्षी गठवन्धनले शंकर पोखरेललाई सपथ ग्रहण नगराउन माग समेत गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै गएर सपथ ग्रहण गराएका छन् ।

प्रदेश प्रमुखको कार्यालय विपक्षी दलका सांसदले घेरेपछि प्रदेश प्रमुख यादव मन्त्री परिषदको कार्यालय पुगेर पोखरेललाई सपथ ग्रहण गराएका  हुन् ।



प्रतिक्रिया दिनुहोस !