६ आश्विन २०८१, आइतबार

राष्ट्रिय युवा संघ रोल्पाद्वारा त्रिवेणीका १ सय ७० जना अग्निपिडितलाई लत्ताकपडा प्रदान

प्रकाशित मिति :  2 May, 2021 8:54 pm


रोल्पा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले त्रिवेणी गाउँपालिकाका १ सय ७० अग्निपीडितहरूलाई लत्ताकपडा वितरण गरेको छ ।

यहि बैशाख १३ गतेदेखि १६ गतेसम्म जंगलमा लागेको आगो वस्तिमा फैलिएर त्रिवेणी गाउँपालिका–२ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिवेणी–६ र ३ नम्बर वडा साथै रुन्टीगढी गाउँपालिका–९ गुनाम गरि ३७ घर र ११ गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

युवा संघले त्रिवेणी २ भाङ्गोबारीमा ३७ घरधुरीका सबै १ सय ७० जना परिवारलाई सवा २ लाख रुपैयाँ बराबरको कपडा वितरण गरिएको राष्ट्रिय युवा संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिए ।

हिजो शनिबार पीडितहरूको स्थलगत अनुगमन गरेर पीडितहरूको माग बमोजिम लगाउने कपडा बितरण गरिएको र १ सय जना स्वयंसेवक युवाहरू परिचालन गरी २ दिनसम्म र आवश्यक परे दिन थप गरेर पीडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय समेत गरेको संयोजक बिकले बताए ।

राहत वितरण कार्यमा संयोजक बिक सहित नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार ओली , एमाले रोल्पाका अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले रोल्पाका सचिव निमप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरू मीन बहादुर महरा, केशब बुढा, त्रिवेणी २ का वडाअध्यक्ष कबिराज बुढा, रुन्टीगढी–९ का अध्यक्ष नेप बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

लत्ताकपडा बुझ्दै अग्निपिडितहरूले बर्षायाम सुरु हुन लागेकाले बस्नको लागि बैकल्पिक घर र अन्य सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

नेकपा एमालेले पनि वैशाख १४ गते अर्थात घटनाको पछिल्लो दिन नै पीडितको घरमा पुगेर खाद्यान्न सामग्री र केही कपडा सहयोग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !