६ आश्विन २०८१, आइतबार

लुम्बिनीमा कोरोना उपचार कोषमा रु.१० करोड थप गर्ने निर्णय,अस्पतालमा ५८३ अस्थाइ दरबन्दी थप

प्रकाशित मिति :  3 May, 2021 7:57 am


रुपन्देही । पुनर्गठित लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीमा शंकर पोखरेलले सपथ ग्रहण गरेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै हिजो बेलुकी बसेको पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गर्नुका साथै प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी थप गर्ने निर्णय गरेको छ ।

बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, बेलझुण्डीस्थित राप्ती कोरोना विशेष अस्पतालमा १७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९ जना र भेरी अस्पताल नेपालगञ्जमा १५२ जना गरी जम्मा ५८३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कोरोना उपचार कोषमा १० करोड र अस्पतालहरुमा अस्थायी दरबन्दी थप्ने निर्णय भएको जानकारी गराएका छन् । दिए ।



प्रतिक्रिया दिनुहोस !