६ आश्विन २०८१, आइतबार

आफ्नो नियुक्ति विवादबारे मुख्यमन्त्री पोखरेको धारणा,‘विवादको निरुपण प्रकृया अनुरुप नै हुने छ’

प्रकाशित मिति :  3 May, 2021 8:36 am


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री नियुक्ति पछिको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै मुख्यमन्त्री पोखरेलले बहमुत प्राप्त दलको हैसियतले आफूले मुख्यमन्त्री दाबी गरेको भन्दै विवादको निरुपण प्रकृया अनुरुप हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“लुम्बिनीमा नेकपा(एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।”

उनले विमला कुमारी खत्रीले माओवादी केन्द्र रोजेको भनेको विषयमा पनि असन्तुष्टि जनाएका छन् । उनले यस प्रकृयामा प्रदेश सभा सचिवालय नै संलग्न रहेको आरोप लगाएका छन् ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि खत्री एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आएको स्मरण गरेका छन् । उनले भनेका छन्,“उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ ।”

चर्चामा ल्याइएका अन्य सांसदहरू समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाएको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

उनले सूर्य चिन्हवाट चुनाव लडेकाको समर्थन कानूनी रुपमा समेत अन्यद ललाई हुन नसक्ने जिकिर गरेका छन् । उनले भनेका छन्,“यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।”

अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरूलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कारबाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको मुख्यमन्त्री पौडेलको भनाई छ ।

बहुमत प्राप्त दललाई सरकार सञ्चालनको सम्वैधानिक दायित्व रहने भन्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्,“जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्विकार गरिसक्नु भएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उहाँहरुको छ ।”

संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नलिएको भन्दै मुख्यमन्त्री पोखरेलले चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय भएको उल्लेख गरेका छन् ।

जनता समाजवादीका वहुमत सदस्यले कारबाहीका विरुरुद्धमा सर्वोच्चमा रिट दायर गरेको र सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुने मुख्यमन्त्री पोखरेलको विश्वास छ ।

नियुक्ति पछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित भएको उनको भनाई छ ।

सांसद खत्रीको प्रसंगप्रति बढी आक्रोश पोखेका मुख्यमन्त्री पोखरेलले भनेका छन्,“सूर्यचिन्ह लिएर उमेद्वार भइ सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्नेकुरा संविधान विरोधी र अराजनीतिक कुरा हो । यसप्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।”

उनले विपक्षी दलले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहेको र लुम्बिनी सरकार विरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वभाविक भएको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले हिजो राजीनामा दिएका थिए । राजीनामा दिएलगत्तै आफूसँग बहुमत रहेको दाबी गरेपछि प्रदेश प्रमुखले उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

माओवादी केन्द्रसहितका दलले भने आफूहरुसँग बहुमत रहेको र पोखरेलले नियुक्ति असंवैधानिक रहेको जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !