६ आश्विन २०८१, आइतबार

चितवनको क्यान्सर अस्पताल आउने बिरामी र कुरुवालाई पिसिआर अनिवार्य

प्रकाशित मिति :  3 May, 2021 10:29 am


चितवन । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको   छ । अस्पतालले आज एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागु गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमद्वारा जारी सूचनामा भनिएको छ, “अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।” यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ ।

फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ ।

अस्पतालकोसेवा लिन आउँदासेवाग्राहीले अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ ।

बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !