६ आश्विन २०८१, आइतबार

लुम्बिनीका दुई स्वतन्त्र सांसदले भने,‘हाम्रो समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई छ’

प्रकाशित मिति :  3 May, 2021 12:57 pm


रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेको प्रष्टिकरण दिएका छन् ।

उनीहरु सूर्य चिन्हबाट चुनाव लडेका थिए । स्वतन्त्र रहेका श्रीवास्तव र शाहीले आफूहरु नेकपा एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको भन्दै आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको दाबी गर्दा हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

दुबैले जारी गरेको हस्ताक्षरमा भनेका छन्, “माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।”

सूर्य चिन्हबाट निर्वाचित प्रदेश सभा सदस्य भएकाले नेकपा एमाले प्रदेश सभा संसदीय दलप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ४२ जनाको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुखसमक्ष सरकार नेतृत्वको दाबी गर्दा श्रीवास्तव र शाहीको पनि समर्थन रहेको उल्लेख थियो ।



प्रतिक्रिया दिनुहोस !