१४ मंसिर २०८१, शुक्रबार

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा विपत् व्यवस्थापन सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  3 May, 2021 1:12 pm


कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वडा कार्यालयलाई विपत् व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ ।

नगरपालिकाको बुढ्डीमा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत बुद्धभूमि नगरपालिकाले वडालाई विपत् व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको हो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले वडा नं ६ का वडाध्यक्ष नन्दलाल यादव ,वडा नं ४ का वडाध्यक्ष पवन कुमार थारुलाई सामाग्री हस्तान्तरण गरेका छन् ।

आगलागी, बाढी, पहिरो जस्ता विपतको समयमा तत्काल राहत तथा उद्धार गर्न सहयोग पुराउने उद्देश्यले नगरपालिका भित्रका वडा कार्यालय तथा प्रहरी चौकीहरुमा अत्यावश्यक सामाग्री वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

बुद्धभूमि नगरपालिकाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ का लागि स्विकृत राहत,पुनःस्थापना,सामाजिक संरक्षण सम्बन्धि कार्यक्रम अन्र्तगत वडामा आपतकालिन कर्नर स्थापना गर्न सामाग्री हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए ।

प्रकोपका बेला थप क्षति हुन नदिन कार्यक्रमबाट लाइफ ज्याकेट, सिढि, बाल्टी, ट्युव, डोरी, बेल्चा, गैची, बाकस, रजिष्टर, सेप्टी ज्याकेट, सेप्टी हेल्मेट, गमबुट, ग्लोब्स लेदर, फष्ट एड किट लगायतका सामाग्री उपलब्ध गराइएको पौडेले बताए ।



प्रतिक्रिया दिनुहोस !