६ आश्विन २०८१, आइतबार

बाँकेमा निषेधाज्ञा थप, बैंक भने अब दैनिक ३ घण्टा खुल्ने

प्रकाशित मिति :  3 May, 2021 1:31 pm


बाँके। बाँकेमा जारी निषेधाज्ञा थप गरिएको छ । बैशाख १३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण नघटेपछि बैशाख २७ गते राती १२ बजे सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गरी कोरोना संक्रमणको साङलो तोड्न भन्दै निषेधाज्ञा जारी गरिएकोमा संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिईएको जनाएको छ ।

यसअघि बैंकका सेवासमेत पूर्णरुपमा बन्द रहेकोमा अब सिमित संख्याका कर्मचारी राखेर दैनिक तीनघण्टा सञ्चालन गर्ने व्यस्था मिलाइएको छ ।

संक्रमण बढेपछि बैशाख ९ गते देखि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता संक्रमण जिल्लाभरी फैलिन थालेको भन्दै बाँकेमा बैशाख १३ गते देखि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म १३७ जनाको मृत्यु भईसकेको छ भने बाहिरी जिल्लावाट उपचारका लागि आएका १२२ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !