७ आश्विन २०८१, सोमबार

 रोल्पाको त्रिवेणी गाउँपालिकामा १० जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  3 May, 2021 2:35 pm


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

२४ जनाको स्वाब परीक्षण गरिएकोमा जनप्रतिनिधि,कर्मचारी र स्थानीयवासी गरि १० जनामा संक्रमण देखिएको गाउँपालिका प्रेस संयोजक प्रतिज्ञा मगरले जानकारी दिइन् ।

एन्टिजेन विधिबाटआज परीक्षण गर्दा २४ जनामध्य १० जनामा संक्रमणको पुष्टि भएको हो । केही विरामी र लक्षण देखिएकाको परीक्षण गरिएको थियो ।

संक्रमणको जोखिम बढेपछि गाउँपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

गाउँपालिका भित्र एम्बुलेन्सबाहेकका अन्य गाडी चल्न रोक लगाइएको छ । अत्यावश्यकीय खाद्यान्नका पसलहरु बिहान ७ बजेदेखि ८ बजे र दिउँसो ४ बजेदेखि ५ बजेसम्म मात्रै खुल्न पाउनेछन् ।

भीडभाड गर्न तथा जमघट गर्न रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !