७ आश्विन २०८१, सोमबार

रोल्पामा पनि वैशाख २२ गतेदेखि जेष्ठ ५ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति :  3 May, 2021 3:32 pm


रोल्पा । रोल्पा निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

कोरोना जोखिम बढ्दै गएपछि जिल्ला कोभिड-१९ संकट व्यस्थापन केन्द्र(डिसिसिएसी)ले वैशाख २२ गते बिहान ६ बजे देखि जेष्ठ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार रोल्पा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । डिसिसिएमसीले यो संख्या बढ्न सक्ने भन्दै निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

सकृय संक्रमितको संख्या २ सयभन्दा माथि पुगेमात्रै निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने व्यवस्था भएपनि रोल्पामा अहिलेको गति हेर्दा २ भन्दा माथि पुग्ने अनुमानसहित निषेधाज्ञाको निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !