६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेश प्रमुख शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख पन्त पदमुक्त,नयाँमा को ?

प्रकाशित मिति :  3 May, 2021 5:10 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी छन् ।

पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख बनेका दुबैलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शेरचन र पन्तलाई पदमुक्त गरेकी    हुन् ।

मन्त्रिपरिषद्ले नयाँ प्रदेश प्रमुखमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यसअघि माओवादी कोटाबाटै प्रदेश प्रमुख बनेका प्रदेश २ प्रमुख तिलक परिवारलाई पदमुक्त गरेर फागुन ७ गते राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।

राजनीतिक तनाब बढ्दै जाँदा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट प्रदेश प्रमुख बनेकालाई हटाएका छन् ।



प्रतिक्रिया दिनुहोस !